प्रारम्भले हालसम्म २० वटा जिल्लामा ३० वटा बैदेशिक मानवीय परियोजनाहरु तथा बृहत स्वास्थ्य शिविरहरू संचालन गरिसकेको छ।
ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, मनाङ, सोलुखुम्बु, झापा, सिराहा, दोलखा, चितवन, नवलपरासी, कास्की, पाल्पा, तनहुँ, मकवानपुर, रुपन्देही, हुम्ला, जाजरकोट र सुर्खेतलगायतका जिल्लाहरूमा सचेतनाका कार्यक्रम तथा बृहत स्वास्थ्य शिविर सञ्चालन गरी हालसम्म १ लाखभन्दा बढी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेका छौँ।
संस्था सथापना लगत्तै काभ्रेको रबिओपिमा संचालित स्वास्थ्य शिविरदेखि, भुकम्पका बेला ठाउँ-ठाउँमा गरिएका शिविरहुँदै हालसम्म गरिएका शिविरहरु मध्य खासगरी सगरमाथाको जिल्ला सोलुखुम्बुको बुङ्ग, सोताङ, फाप्लु र चिवङमा संचालित शिविरहरु एकदम स्मरणीय छन्। चार्टर्ड फ्लाइट मार्फत लगिएका चिकित्सक, औषधि र मेडिकल सामग्रीहरुको व्यापक प्रयोग र स्थानीयको माग बमोजिम समय थप गरि गरिएका शिविरहरु सधैं स्मरणीय छन्। साथै, राष्ट्रिय सडक संजालको पहुँच बाहिर रहेको हिमाली जिल्ला हुम्लामा गरिएको ३ दिने स्वास्थ्य शिविर अर्को ठुलो क्याम्प थियो। प्रारम्भले करिब १२ जना विशेषज्ञ चिकित्सकसहित हुम्लासहित सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका र नम्खा गाउँपालिकासहित सिमकोट स्वास्थ्य सेवा केन्द्रसंगको संयुक्त प्रयासमा उक्त शिविर संचालन गरेको थियो। शिविरमा करिब ४ हजार ५ सयले सेवा लिएका थिए। हुम्लाका सबै सरकारी, गैरसरकारी निकाय र स्थानीय निकायका प्रमुखहरुको सहभागितामा सम्पन्न उक्त शिविर हालसम्म गरे मध्यको ठुलो थियो।