मुख्य सामग्रीमा जानुहोस्

संस्थाको पृष्ठभूमि

सन् २०१२ मा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘प्रारम्भ’ नेपाल र नेपालीको सेवा गर्ने परोपकारी भावनाबाट प्रेरित एक अग्रणी सामाजिक संस्था हो। दुई दशकभन्दा लामो अमेरिकाको बसाइलाई बिट मार्दै स्वदेश फर्किएकी समाजसेवी एवं सफल महिला उद्यमी कल्पना क्षेत्रीको नेतृत्वमा यस संस्थाको स्थापना भएको हो। स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र नागरिकको जीवनस्तर सुधारका क्षेत्रमा सक्रिय प्रारम्भले समाजमा दिगो र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले काम गर्दै आएको छ।

हाम्रो दृष्टिकोण

एक आत्मनिर्भर, स्वस्थ र शिक्षित समाज, जहाँ हाम्रो परोपकारी सहकार्यले अत्यावश्यक तथा पिछडिएका समुदायमा प्रत्यक्ष सहयोग गरि दिगोरुपमा परिणाम दिने गरि योगदान गर्न पाइयोस।
हाम्रो दृष्टिकोण

हाम्रो ध्येय

शिक्षा, स्वास्थ्य, पूर्वाधार र जीविकोपार्जनका क्षेत्रमा प्रभावकारी काम गर्न चाहन्छौं। हाम्रा प्रयत्न मार्फत ग्रामीण क्षेत्र र विपद् प्रभावित समुदायहरूलाई मद्धत गर्नु, मनोबल बढाउनु र मुहारमा मुस्कान दिनु हाम्रो ध्येय हो। त्यो संगै शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच स्थापित होस् भन्ने चाहन्छौं।
हाम्रो ध्येय

हाम्रो नेतृत्व र टिम

  • कल्पना क्षेत्री

    कल्पना क्षेत्री

    संस्थापक अध्यक्ष

    अमेरिकाको लामो बसाइपछि नेपाल फर्किएर परोपकारी सेवामा समर्पित सफल महिला उद्यमी तथा समाजसेवी कल्पना क्षेत्रीको अथक मेहनत र सक्रियता, सेवा गर्ने भावना र संस्थाको उद्धेश्य पुरा गर्न चालिएको दूरगामी नेतृत्वले आज प्रारम्भलाइ यो उचाइमा ल्याईपुर्‍याएको छ।

    संस्थापक अध्यक्ष क्षेत्री प्रारम्भको मेरुदण्ड हुनुहुन्छ। परोपकारी काममार्फत उहाले देश-विदेशबाट बिभिन्न सामाजिक सम्मान र अवार्डहरु प्राप्त गरिसक्नु भएको छ।

  • केदार कोइराला

    केदार कोइराला

    समाजसेवी/ संचारकर्मी

    पत्रकारिता र आमसञ्चार क्षेत्रको लामो अनुभवसहित संस्थागत सुशासन र जनसम्पर्कमा सक्रिय पत्रकार केदार कोइराला नेपाली टेलिभिजनको क्षेत्रमा अब्बल परिचित नाम हो। सचिवको जिम्मेवारीमा रहनुभएका वरिष्ठ पत्रकार कोइराला संस्थाका एक अशल सहकर्मी हुनुहुन्छ।

  • बद्रिराज तिमल्सिना

    बद्रिराज तिमल्सिना

    संचारकर्मी तथा युवा उद्यमी

    अढाई दशकदेखि संचार तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा अभियन्ता बद्रिराज तिमल्सिना लाहाछाप मिडियाका प्रबन्ध निर्देशक एवं प्रधानसम्पादक, नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोकका पूर्वअध्यक्ष एवं बेस्ट एफएम ८८.१ का निर्देशक हुनुहुन्छ । डिजिटल मिडिया रणनीति, सामाजिक समन्वय, देशबिदेशको बलियो जनसम्पर्क र परियोजना सञ्चालनमा गतिशील नेतृत्व प्रदान गर्दै आएका तिमल्सिना सन् २०१५ देखि प्रारम्भ संस्थाको कोषाध्यक्ष तथा परियोजना प्रमुखका रुपमा हुनुहुन्छ।

    सामाजिक अभियन्ता, युवा उधमी एवं सक्रिय संचारकर्मीका हिसाबले उहाको नेतृत्व कुशलताले प्रारम्भलाइ गति दिइरहेको छ।

'प्रारम्भ नमुना घर' हाम्रो दिर्घकालिन परियोजना

'प्रारम्भ नमुना घर' हाम्रो दिर्घकालिन परियोजना

परिवर्तनको सुरुवात नै प्रारम्भ हो भन्ने अठोट सहित हामी सामाजिक यात्रामा निस्केका हौँ। हाम्रो प्रयत्नले आजसम्म समुदायलाइ दिएका मूल सेवाभावका योजना र हामीले प्राप्त गरेका उपलब्धिले समाजमा केहि न केहि परिवर्तन दिएको छ भन्ने बुझाई छ। यहि बुझाई र अभिलाषासहित हामी हाम्रो अगुवाईमा नेपालमा केहि दक्ष अनुभवी र शिपयुक्त जनशक्ति उत्पादन गर्न चाहन्छौं। जसलाई जे आउछ, जे गर्न मन छ त्यहि सिकाउछौँ। अशक्त, बिशेष क्षमता भएका तथा एकल महिला र प्राकृतिक बिपत्तिको प्रभाव परेका व्यक्तिलाई हामी स-सम्मान आश्रय दिन चाहन्छौं। रोजगारी दिन चाहन्छौं। शिपमुलक तालिम मार्फत आयआर्जनमा जोड्न चाहन्छौं। भाषा तथा व्यवहारिक ज्ञानको अध्ययन गर्ने एउटा संस्कारयुक्त पाठशाला बनाउन चाहन्छौं। त्यसको लागि भाषा प्रशिक्षण तथा प्राविधिक तालिम केन्द्र, सेफ हाउस वा घरेलु उत्पादनको एउटा 'नमुना घर' निर्माण गरि दिर्घकालिन योजना संचालन गर्न चाहन्छौं। यो प्रारम्भको स्थापनाको मूल मर्म हो र संस्थाको सपना हो। यसैलाई प्रारम्भले 'दिर्घकालिन परियोजना' को रुपमा लिएको छ। यसको सफलतामा हाम्रो सफलता जोडिएको हुन्छ।