मुख्य सामग्रीमा जानुहोस्

प्रमुख परियोजनाहरू तथा उपलब्धिहरू

प्रारम्भ संस्था सन् २०१२ मा स्थापना भएपनि यसले विशेष गरी २०१५ को विनाशकारी भूकम्पपश्चात उद्धार, राहत र पुनर्निर्माणको क्षेत्रमा सफलतापुर्वक आफ्ना योजनाहरु सम्पन्न गरिसकेको छ। संस्थाले निम्न आयस्तर भएकाहरु तथा शिक्षा र स्वास्थ्यको पहुँच बाहिर रहेका सयौं देशवासीलाइ छात्रवृत्ति एवं स्वास्थोपचारमा बिशेष सहयोग गरिरहेको छ।

शिक्षा, स्वास्थ्य र पुनर्निर्माणमा सिंगापुर रेडक्रससंगको सहकार्यमा सम्पन्न प्रमुख परियोजनाहरू

पिस्कर पुनर्निर्माण परियोजना

पिस्कर पुनर्निर्माण परियोजना

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित पिस्करमा भएका सबै सरकारी बिधालय, स्वास्थ्यचौकी, सामुदायिक भवन लगायतको बृहत परियोजना सम्पन्न गरिसकेको छ।

  • ललितपुर रिह्याबिटेसन परियोजना

    ललितपुर रिह्याबिटेसन परियोजना

    ललितपुरको नल्लु र शंखु लगायतका ग्रामिण क्षेत्रमा केन्द्रित शैक्षिक एवं स्वास्थ्य सेवाका योजनाहरु संचालन गरिएको

  • प्रहरी मेरो साथी

    प्रहरी मेरो साथी

    भुकम्पले भत्किएको भक्तपुरको चाँगुनारायणस्थित प्रहरी चौकीको पुनर्निर्माणसहित नेपाल प्रहरीको तात्कालिन योजनाअनुसार भक्तपुर प्रहरीको अगुवाइमा 'प्रहरी मेरो साथी' भन्ने नारालाइ व्यवहारमा उतार्न प्रारम्भद्वारा उक्त अभियानमा साझेदारी गरिएको

  • प्रारम्भ एसएसडिआरसी अटिजम स्कुल

    प्रारम्भ एसएसडिआरसी अटिजम स्कुल

    भक्तपुरको ताथलीमा निर्माण गरिएको विशेष क्षमता भएका बालबालिका लक्षित विद्यालयको निर्माण सम्पन्न गरि सोहि बिधालयलाइ हतान्तरण गरिएको

  • पुस्तकालय तथा पाटी निर्माण

    पुस्तकालय तथा पाटी निर्माण

    ललितपुरको पुल्चोकस्थित महानगरपालिका भवन अगाडी रहेको सोर्हखुट्टे पाटीसहितको आधुनिक पुल्चोक पुस्तकालयको निर्माण गरि समुदायलाइ हस्तान्तरण गरिएको

  • डिजिटल लाइब्रेरी

    डिजिटल लाइब्रेरी

    तनहुँको शुक्लागण्डकी नगरपालिकामा सामुदायिक बिधालयमा सिसिटिभीसहितको प्राविधिक ज्ञानयुक्त पुस्तकालय निर्माण गरि बिधालय व्यवस्थापन समितिलाई हस्तात्नारण गरिएको

  • स्वास्थ्य संस्था तथा खोप केन्द्र

    स्वास्थ्य संस्था तथा खोप केन्द्र

    कास्कीको माथिल्लो भूभागमा अवस्थित माछापुछ्रे गाउँपालिकाको करुवामा निर्मित स्वास्थ्य संस्था तथा खोप केन्द्रको निर्माण गरि गाउँपालिकामार्फत समुदायलाइ नै हस्तान्तरण गरिएको

  • जनकल्याण आधारभूत बिद्यालय, कावासोती

    जनकल्याण आधारभूत बिद्यालय, कावासोती

    नवलपुर जिल्लाको कावासोतीमा अवस्थित जनकल्याण आधारभूत बिद्यालयमा खानेपानीको व्यवस्थापनसहित अपांगतामैत्री शौचालयको निर्माण गरि कावासोती नगरपालिकाका मेयरमार्फत समुदायलाइ हस्तान्तरण गरिएको

  • चिवङ छात्रावास, सोलुखुम्बु

    चिवङ छात्रावास, सोलुखुम्बु

    सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको चिवङमामा भुकम्पले भत्किएको छात्रावास निर्माण गरि समुदायलाइ हतान्तरण गरिएको

  • जाजरकोट भुकम्प राहत

    जाजरकोट भुकम्प राहत

    जाजरकोट जिल्लाको भेरी नगरपालिकाका भुकम्प प्रभावित नागरिकलाइ खाद्यान्न, न्यानो कपडा, बिछ्यौना लगायतका राहत सामग्री उपलब्ध गराइएको

  • पन्चकन्या आधारभूत बिद्यालय, लागर्चे

    पन्चकन्या आधारभूत बिद्यालय, लागर्चे

    संस्थाका अध्यक्ष कल्पना क्षेत्रीको व्यक्तिगत प्रयासमा सिन्धुपाल्चोक जिल्लाको लागर्चेमा अवस्थित पन्चकन्या आधारभूत बिद्यालयको निर्माण गरि हस्तान्तरण गरिएको